नेभिगेशन
नेपाल प्रहरी

डीएसपी रबिन कार्की र ज्ञानेन्द्र बस्नेत एसपी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई डीएसपी एसपी बढुवाका लागि सिफारिस भएका छन् । 

प्रहरीको जनपद समूहका डीएसपी रबिन कार्की र ज्ञानेन्द्रबहादुर बहादुर बस्नेत एसपी बढुवाका लागि सिफारिस भएका हुन् ।

एसपीमा सिफारिस हुने डीएसपी कार्की हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा छन् भने  बस्नेत राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा  छन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्