नेभिगेशन
नेपाल प्रहरी

हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको आरोपमा बुद्धिमान पक्राउ

काठमाडौं। प्रहरीले हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङ रहेका छन्  । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका-१९ लगनखेलबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा तामाङको योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मी मुसिकोट नगरपालिका-७ न्वारास्थित गंगा नामको होटल संचालन गरी बस्ने बाग्लुङ बडिगाड गाउँपालिका(३ सिसाखानी घर भएकी ५८ वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको हत्या गरी गरगहना र नगद लुटपाट भएको खुल्न आएको छ ।  

यसैगरी काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ फस्कोटमा बिक्रम तामाङको श्रीमती बेली तामाङलाई २०७९ कात्तिक २७ गते राति धारिलो हतियार प्रहार गरी नगद तथा गहना डाँका गरेको, काभ्रेपलान्चोक पनौती नगरपालिका-५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरका संचालक धर्म गोपाल श्रेष्ठलाई २०८१ साउन ३१ गते राति धारिलो हतियार देखाई नगद ४० हजार लुटपाट गरेको, काभ्रेपलान्चोक बनेपा नगरपालिका-३ टनचोक डाँडा बस्ने ३२ वर्षीय लोप्चन लामाको घरमा २०८१ माघ ४ गते राति धारिलो हतियार देखाई मोवाइल ३ थान, नगद, गरगहना र धनमाल लुटपाट गरेको तथा काभ्रेपलान्चोक बनेपा नगरपालिका-४ रेडक्रस टोल बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा २०८१ माघ १३ गते राति धारिलो हतियार देखाइ सुनको गरगहना, नगद एवम् धनमाल लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

तामाङलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्