नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका दुई जना एसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका दुई एसपीले दर्ज्यानी चिन्ह पाएका छन् ।

यसअघिको बढुवामा सिनियर हुँदाहुँदै छुटेका रवीन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच आईजीपी दीपक थापाले एसपीद्वय कार्की र बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा एआईजी सुदिप गिरी लगायत वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्