नेभिगेशन
नेपाल प्रहरी

२ सय ७१ थान चोरीका मोबाइलसहित ७ जना पक्राउ

काठमाडौं प्रहरीले चोरी भएका २ सय ७ १ थान मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ब्राण्डका २ सय ७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याबसहित ७ जनालाई पक्राउ गरेको हो। 

काठमाडौं प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रनिगाहापुर नगरपालिका-१ का ३० वर्षीय हेमन्त राना मगर,काभ्रे बेथानचोक गाउँपालिका-५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका-५ का २६ वर्षीय गुनराज न्यौपाने,  दोलखाको शैलुङ गाउँपालिका-६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका-५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल रहेका छन् ।

पक्राउ परेकाहरुबाट बरामद गरिएका मोबाइलमा १८ थान आइफोन रहेका छन् । उनीहरुबाट ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल पाकेटमारी भएको प्रहरीले जानकारी दिएको छ। पाकेट मारेर भागेको सूचना आएपछि प्रहरीले खोजी गरेको थियो । पाकेटमारीमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्दा ठूलो मात्रामा मोबाइल र ल्यापटप बरामद भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार उनीहरुले चोरीका मोबाइल भक्तपुरको जगातीमा सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्