नेभिगेशन
नेपाल प्रहरी

राजावादीको तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप १८ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप १८ जनालाई  पक्राउ गरेको छ ।

गत चैत १५ गते शुक्रबारको तीनकुनेमा आयोजिक राजावादीको तीनकुने हिंसामा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा थप १८ जना पक्राउ परेको र यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । घटनाका मुख्य नाइके विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अझै फरार छन् ।

पक्राउ सूची-

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्