नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट हराएको मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझायो प्रहरीले

बर्दिया प्रहरीले हराएको मोबाइल फेला पारेर सम्बन्धित व्यक्ति (धनी) लाई हस्तान्तरण गरेको छ।

गत फागुन १६ गते मोबाइल हराइएको भन्दै परेको   निवेदनका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बर्दिया उक्त मोबाइल फेला पारेको जानकाती दिएको छ।

फेला पारिएको मोबाइलको कागजात जाँच गर्दै प्रक्रिया पूरा गरेर उक्त मोबाइल मंगलबार धनीलाई बुझाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि बर्दिया प्रहरीले  गत माघ २ गतेमा हराएको मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्