नेभिगेशन
नेपाल प्रहरी

युके र क्यानडा पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

काठमाडौं बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारेर लाखौं रुपैयाँ ठगी गरेको आरोपम प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालय  काठमाडौंको टोलीले  यूके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा  इलामको चुलाचुली गाउँपालिका-३ घर भएका काठमाडौं महानगरपालिका-२९ बस्ने ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका-६ घर भएका काठमाडौं महानगरपालिका-३० बस्ने २३ वर्षीय ईश्वर पोखरेललाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार खड्काले यूके पठाइदिने भन्दै २ जना पीडितसँग ३६ लाख रुपैयाँ र पोखरेलले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै १० लाख ५१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको उजुरी परेको थियो ।

उजुरीका आधारमा खड्कालाई ललितपुरको महालक्ष्मी नगरपालिका-८ बाट र पोखरेललाई काठमाडौं महानगरपालिका-१४ बाट  पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्