काठमाडौं । काठमाडौं प्रहरीले तस्करी गरिएको २ करोड रुपैयाँ बढीका सुन चाँदीसहित ९ जना भारतीयलाई पक्राउ गरेको छ ।
काठमाडौंस्थित प्रहरी वृत्त बौद्धले विभिन्न स्थानहरुबाट ९ जना भारतीयहरुलाई पक्राउ गरेको हो । पक्राउ परेको समूहले भन्सार छलीका र बिल बिजक बिनाका सुनको कारोबार गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। उनीहरुलाई सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट सुनचाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
को-को हुन् पक्राउ पर्नेहरु?
१-देश भारत महारष्ट्र घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. ५ जोरपाटी बस्ने बर्ष ३० को नबनाथ बाकु कसीद,
२- देश भारत महारष्ट्र घर भई हाल का.जि. गोकर्णेश्वर न.पा. ५ जोरपाटी बस्ने बर्ष २० को सन्दिप पोपट हजारे,
३-देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष २२ को अन्सार दिलावर सिकल्गार,
४- देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष १८ को सुरज राजेश मदने,
५-देश भारत महारष्ट्र घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा.१२ बस्ने बर्ष २१ को अरमान हनिफ ईनामदाय,
६-देश भारत महारष्ट्र घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा. १२ बस्ने बर्ष २२ को मनोज सुभाष सकट,
७-देश भारत महारष्ट्र घर भई हाल का.जि.का.म.न.पा ७ बस्ने वर्ष ३८ को अमोल कुमार गोस्ले,
८- देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष २० को सुनिल मिटकरी,
९-देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने वर्ष २० को सुरज नन्दीवाली
पक्राउ परेकाहरुविरुद्ध प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।