नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दीपक क्षेत्री पक्राउ

रूपन्देही । प्रहरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको गरेको आरोपमा ५० वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपक कुमार क्षेत्री रहेका छन्।

रुपन्देही प्रहरीका अनुसार दिपकले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रुपन्देही प्रहरीले आइतबार साँझ पक्राउ परेका दीपकलाई म्याद थप गरेर घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्