नेभिगेशन
नेपाल प्रहरी

जिल्ला प्रहरी बाँकेका तीन जना वरिष्ठ सईले लगाए दर्ज्यानी चिन्ह

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेका तीन जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) ले दर्ज्यानी चिन्ह पाएका छन् ।

केही दिनअघि प्रहरी नायब निरीक्षक (सई) बाट वरिष्ठ सईमा बढुवा भएका पूर्ण बहादुर वली,नन्दराम अधिकारी र हरि बहादुर बगालेले जिल्ला प्रहरी कार्यालय बाँकेमा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक पातलीले वरिष्ठ सई वली, अधिकारी र बगालेलाई दर्ज्यानी चिन्ह प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्