नेभिगेशन
नेपाल प्रहरी

खाजाघरको जुवाखालमा प्रहरीको छापा, १३ जना जुवाडे पक्राउ

काठमाडौं प्रहरीले खाजाघरमा भइरहेको जुवाखालमा छापा मार्दै १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ। प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ चापाचोकको खाजाघरको जुवाखालबाट खाजघर सन्चालकसहित १० जना जुवाडेलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुली मरिण गाउँपालिका घर भएका  ४२ वर्षीय फुर्वा थिङको खाजाघरमा जुवा खेलिरहेको अवस्थामा उनीहरआई ५९ हजार ५ सय ५० रुपैयाँ र ५ बुक ताससहित भक्तपुर प्रहरीले पक्राउ गरेको हो।

त्यसैगरी सोही नगरपालिकाको वडा नम्बर १ लोकन्थलीकै अर्को खाजाघरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहालसहित ३ जना रहेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त ठिमीबाट खटिएको टोलए उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ परेका १३ जनाविरुद्ध थप अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्