नेभिगेशन
नेपाल प्रहरी

४५ ग्राम खैरो हेरोइन ल्याइदिने २ भारतीय युवक र ल्याउन लगाउने राजु लामा पक्राउ

काठमाडौं खैरो हेरोइन्सहित प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा चेक प्वाइन्टबाट ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०३-००१ ख ३३६२ नम्बरको यात्रु वाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको टोलीले ३ जनालाई ४५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको दार्जलिङ नक्सालबादी घर भएका ३८ वर्षीय कृष्ण रोय र सोही ठाँउका २१ वर्षीय सायोन दास रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले दिएको बयानका आधारमा उनीहरुलाई खैरो हेरोइन ल्याउन लगाउने नुवाकोटको लिखु गाउँपालिका-६ का ३४  वर्षीय राजु लामालाई काठमाडौंको बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध ७ दिनको म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्