नेभिगेशन
नेपाल प्रहरी

युरोप पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा स्याङ्तान पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारेर युरोप पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ  ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ घर भएका ३७ वर्षीय राजिन InCollage_20250118_184320008-1737205137-1744640354.jpg
 रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

स्याङ्तानले युरोपस्थित क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्