नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको सईमा बढुवा भएका ४ जनालाई बाँकेमा दर्ज्यानी चिन्ह प्रदान

नेपालगन्ज । नेपाल प्रहरीको सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुव भएका तीन जुनियर प्रहरी अधिकृतलाई बाँके प्रहरी प्रमुख रामप्रसाद घर्तिमगरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

केही दिनअघि प्रहरी प्रधान कार्यालय गरेको बढुवामा सईमा बढुवा भएका सुमित्रा राना,गोमा बुढामगर,,रामबिलास यादव र मनिष आग्रीलाई एसपी घर्तिमगरले दर्ज्यानी चिन्ह प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै एसपी घर्तिमगरले बढुवा भएका अधिकृतहरुलाई बधाई दिदै संगठनले दिएको कार्यलाई इमानदारीसाथ सम्पन्न गर्न निर्देशन दिएका थिए। साथै उनले प्रहरीप्रति शीर ठाडो पार्ने काम गरेर देखाउन पनि निर्देशन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सिनियर ,जुनियर अधिकृत तथा बिल्लादार तथा जवानको उपस्थिति रहेको कार्यक्रमको सन्चालन सई लक्ष्मीप्रसाद कँडेलले गरेका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्