नेभिगेशन
नेपाल प्रहरी

बर्दिया प्रहरीले सुरु गर्‍यो 'हाम्रो आह्वान मानव बचबिखनविरुद्धको अभियान' सचेतना कार्यक्रम

बर्दिया । बर्दिया प्रहरीले 'हाम्रो आह्वान मानव बचबिखन विरुद्धको अभियान" भन्ने नारा सुरु गर्दै विद्यार्थीहरुलाई सचेतना कक्षा दिएको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाले 'समुदाय प्रहरी साझेदारी' कार्यक्रम अन्तर्गत  गुलरिया नगरपालिका-२ संगम बस्तीस्थित श्री शान्ती आधारभुत बिद्यालय र गुलरिया नगरपालिका-८ स्थित श्री बिद्या बालमन्दिर आधारभुत बिद्यालय सुरजपुरका विद्यार्थीहरुलाई बाल बिवाह र मानव बेचबिखनबिरुद्धको सचेतना कार्यक्रम गरेको हो।

गृह मन्त्रालय तथा जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा  गरिएको महिला नेतृत्व, बाल बिवाह र मानव बेचबिखनबिरुद्धको सचेतना कार्यक्रममा सयौं विद्यार्थीहरु सहभागी भएको प्रहरीले जानकारी दिएको छ।

उक्त सचेतना कार्यक्रममा विद्यार्थीहरुसँगै विद्यालय व्यवस्थापन समिति,अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्