नेभिगेशन
नेपाल प्रहरी

लमहीबाट ब्राउन सुगरसहित २७ वर्षीया युवती प्रहरीको नियन्त्रणमा

दाङ। प्रहरीले दाङबाट ब्राउन सुगरसहोत २७ वर्षीया युवतीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको लमहीस्थित वडा प्रहरी कार्यालयको टोलीले लमही नगरपालिका-४ सुनखोलीबाट २ सय ४० मिलिग्राम ब्राउनसुगर  सहित घोराही उपमहानगरपालिका-१४ हेलोटावर टोल बस्ने २० वर्षीया अनिता विकलाई पक्राउ गरेको हो।

आज लमही प्रहरीले अनितालाई लमहीबाट संकास्पद रुपले हिडिरहेको अवस्थामा चेकजाँच गर्दा ब्राउन सुगर फेला पारेपछि पक्राउ गरेको दाङ प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकी अनितासँग लागुऔषध कसुरका थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्