नेभिगेशन
नेपाल प्रहरी

अवैध उत्खननमा संलग्न दुईवटा टिपर र एउटा जेसिबी प्रहरीको नियन्त्रणमा

रुपन्देही । माटोको अवैध उत्खनन कार्यमा संलग्न एउटा जेसिबी र दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बाट अवैध रुपले बिना कागजात माटोको अवैध उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले लु १ क ४५१३ नम्वरको जेसिबी, लु २ ख ३९०१ र लु २ ख ५३४२ नम्वरका टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा लिइएका जेसिबी र टिपरलाई  आजै गाउँपालिका पठाएर ९५ हजार रुपैयाँ जरिवाना गराइएको हो।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्