नेभिगेशन
नेपाल प्रहरी

गृहमन्त्रीको साथी हुँ भन्दै कर्मचारीलाई धाक धम्की दिने राजकुमार प्रहरीको नियन्त्रणमा

काठमाडौं। आफूलाई  गृहमन्त्रीको साथी भएको भन्दै धाक धम्की दिएर कैयौंलाई हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । । 

आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डर त्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बनेपा नगरपालिका-८ तीनदोबाटोबाट पक्राउ गरेको  प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

शनिबार साँझ पक्राउ परेक श्रेष्ठविरुद्द अदालतबाट म्याद थप गरेर राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्