नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित घोराहीका विशाल र नितु प्रहरीको नियन्त्रणमा

तुलसीपुर दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।घोराही उपमहानगरपालिका – १४ मिलन चोकका २३ बर्षीय बिशाल बुढा ६ सय ७० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

मिलन चोकमा संकाष्पद अवस्थामा हिडिरहेका बुढालाई खान तलासी गर्ने क्रममा पाइन्टको गोजीमा प्लाष्टिकका तीन पुडियामा लुकाइ राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको थियो ।

त्यस्तै घोराही – १३ आनन्दपुर टोलकी ५७ बर्षीया नितु आचार्य लागु औषधको रुपमा लिइने मनोद्धिप पदार्थ ट्रामाडोलसहित पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

आचार्यले घरबाटै ट्रामाडोलको कारोबार गरि रहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले घर खानतालसी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थमा २० क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो । पक्राउ परेका दुबै जना माथि अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्