नेभिगेशन
नेपाल प्रहरी

जेल सजाय पाएका फरार प्रतिवादी बादल बर्दिया प्रहरीको नियन्त्रणमा

निरक बिक/बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका-६ शिव शंकर टोलका २१ वर्षीय युवक बादल भुजुवालाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

बर्दिया जिल्ला अदालतबाट २०८१ मंसिर २ गतेको फैसलामा चोरी मुद्दामा दोषी ठहर भएका बादललाई ६ दिन जेल सजाय र २ हजार रुपैयाँ जरिवाना गरिएको थियो।

जेल सजाय पाएर फरार हुँदै लुकिछिपी बस्दै आएका बादललाई आजै पक्राउ गरि आबश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्