नेभिगेशन
नेपाल प्रहरी

नागढुङ्गामा सहायक हवल्दारलाई कुट्ने ट्राफिक इन्स्पेक्टर साहलाई विभागीय कारबाहीको तयारी

काठमाडौं । एक जना ट्राफिक प्रहरीका इन्स्पेक्टरले प्रहरीका सहायक हवल्दारलाई बाटोनै कुटपिट गरेको भिडिओले चौतर्फी तहल्का मच्चाएको छ।

नागढुंगा चेकपोस्टमा कुटपिट गर्ने ट्राफिक प्रहरी इन्स्पेक्टर हुन्  जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी सहायक हवल्दार  हुन्  मदन खड्का । चौतर्फी भिडिओ भाइरल भएपछि छानबिन हुने क्रममा कुट्ने र कुटाई खानेको पहिचान भएको थियो।

उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले बीच सडकमा हातपात गर्ने इन्स्पेक्टर र सहायक हवल्दार दुबै जनाको जिम्मेवारीबाट हटाएर अनुसन्धान अगाडि बढाइएको एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

उपत्यका प्रहरीको प्रारम्भिक छानबिनका क्रममा कुटाई खाने जवान खड्काले नागढुङ्गा चेकपोस्टबाट काठमाडौं भित्रिने सवारीसाधनबाट अवैद!रूपमा असुली गरेको खुलेको पाइएको हो।

छानबिनमा खटिएका प्रहरी अधिकृतले भने-" कुटपिट हुनु केहीबेर अगाडि त्यहीँ स्थानमा भारतीय नम्बर प्लेटको गाडी काठमाडौं छिर्ने क्रममा प्रहरी र ट्राफिक दुवै आ-आफ्नो ड्युटीमा रहेछन् । उक्त गाडीबाट जवान खड्काले रकमलिएको भन्ने देखिएको छ,' उनले भने-"रकम नै लिएको भए पनि  यसरी कुटपिट गर्न नमिल्ने भएकाले इन्स्पेक्टरमाथि पनि छानबिन गरिएको हो ।"

गलत गरेमा विभागीय कारबाही हुने हुद यसरी  हातपातमा उत्रनु राम्रो नभएकोले इन्स्पेक्टरमाथि पनि कारबाही हुने उनले बताए।

छानबिन पछि इन्स्पेक्टर साहलाई विभागीय कारबाहीको तयारी थालेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्