नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको बढैयातालबाट ब्राउन सुगरसहित बाँकेका दुई युवकसहित ३ जना पक्राउ

बर्दिया। बर्दिया प्रहरीले ब्राउन सुगरसहित ३ युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लास्थित बढैयाताल गाउँपालिका-२ फुटाहबाट १ सय ७० मिलिग्राम ब्राउन सुगरसहित रूपन्देहीको शुद्धोधन गाउँपालिका-४ का २३ वर्षीय अमित बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

कार्कीलाई प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको संयुक्त टोलीले भारतबाट ब्राउन सुगर लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ। 

त्यसैगरी बर्दियाकै बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट ३ सय २० मिलिग्राम  ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बर्दिया प्रहरीका अनुसार  पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका-८ पिपिरीका २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाही रहेका छन् । 

उनीहरु दुबै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले  भे१२ प ६८२९ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

ब्राउन सुगरसहित बिहीबार साँझ पक्राउ परेका तीनै जनालाई आज बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्