नेभिगेशन
नेपाल प्रहरी

रसुवा नाकाबाट साढे ७ किलो सुन बरामद

काठमाडौं  । रसुवाबाट प्रहरीले  साढे ७ किलो बढी सुन बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीको भएर आएको ७ किलो  सुन बरामद गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलाबेलामा हुने गरेको तस्करीमा निगरानी बढेपछि उक्त सुन तस्करीको लागि रसुवा नाका प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको ना ४ ख ६२०१ नम्बरको ट्रक कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा आज सुन बरामद गरेको हो ।

रसुवामा बरामद गरिएको सुन ७ किलो ६५३ ग्राम भएको प्रहरीले  पुष्टि गरेको छ । प्रहरीले सुनसहित एक जना व्यक्ति समेत पक्राउ परेका छन् । प्रहरीले थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको भने छैन ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्