नेभिगेशन
नेपाल प्रहरी

दम्पतीलाई निर्घात कुटपिट गरेर सुनका गहना लूटपाट गर्ने युवक पक्राउ

काठमाडौं । एक दम्पतीलाई निर्घात कुटपिट गरेर एक युवकले सुनका गहना लूटपाट गरेका छन् ।

रामेछापको सुनापति गाउँपालिका-२ दिमीपोखरीको सुरसुम्बा टोलका ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई वैशाख २९ गते मध्यरातमा कुटपिट गरेर एक युवकले सुनका गहना लूटपाट गरेका थिए।

प्रहरीले लूटपाट संलग्न रहेको आरोपमा दिमीपोखरीकै ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरेको छ। प्रहरीले पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार पेम्बाले मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेको पाइएको छ। दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए ।

पेम्बाविरुद्ध प्रहरीले अदालतबाट म्याद थप गरी डाँकाचोरी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्