नेभिगेशन
नेपाल प्रहरी

१ सय ७२ किलो गाँजासहित दुई युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले १ सय ७२ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।

मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका-१ खोप्लाङखोलाबाट १ सय ७२ किलो गाँजासहित मनहरी गाउँपालिका-८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका-५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाललाई पक्राउ गरेको हो।

मकवानपुर प्रहरीका अनुसार प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदिप र कारमा सवार समुद्रलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुबै जनासँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्