नेभिगेशन
नेपाल प्रहरी

३७ वर्षीय युवकको हत्या घटनामा संलग्न ५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौ। प्रहरीले ३७ वर्षीय युवकको हत्या घटनामा  ५ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको आरोपमा प्रहरीले  ५ जनालाई  पक्राउ गरेको हो।

पक्राउ पर्न्र्मा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका-२ बस्ने सर्लाहीस्थित बागमती गाउँपालिका-३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्