नेभिगेशन
नेपाल प्रहरी

डीआईजी शाह एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक(डीआईजी) सिद्धिबिक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस भएका छन् ।

गृह मन्त्रालयले आज शाहलाई एआईजीमा बढुवाका लागी  सिफारिस गरेको हो। यसबारे निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ।

हाल एआइजी रहेका लालमणि आचार्यले आउँदो जेठ ११ गते अनिवार्य अवकाश पाउँदैछन्।

उनको अवकाशसँगै रिक्त रहने पदमा डिआइजी शाहलाई बढुवा गर्न सिफारिस भएको हो।शाह हाल विशेष ब्युरोमा कार्यरत छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्