नेभिगेशन
नेपाल प्रहरी

लागू औषध नियन्त्रण ब्यूरोको विशेष अपरेसन: १५ किलो बढी अफिमसहित दुई महिला बर्दियाबाट पक्राउ

बर्दिया  । लागू औषध नियन्त्रण ब्यूरो कार्यालय नेपालगन्जले गरेको विशेष अपरेसनमा ठुलो परिमाणमा अफिमसहित दुई महिला पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट प्रहरी सहायक निरीक्षक नवीन शाहीको कमान्डको टोलीले विशेष सूचनाको आधारमा आज दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–३ उत्तर भकारी नजिकबाट बढैयाताल गाउँपालिका–४ खैरेनीकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका–३ लक्ष्मणपुरकी ४२ वर्षीया मिना रोकायालाई १५ किलो ३४० ग्राम अफिमसहित पक्राउ गरेको हो।

ब्यूरोका अनुसार उनीहरूले अफिम खरिद–बिक्री गरिरहेको सूचनापछि गरिएको खानतलासीका क्रममा सन्ध्या घर्ती मगरले बोकेको ‘क्याट' लेखिएको कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा १५ किलो ३४० ग्राम अफिम बरामद भएको थियो।

उनीहरूको साथबाट दुई थान मोबाइल फोन र नगद ३४ हजार रुपैयाँ समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी बर्दियामा बुझाइएको  ब्यूरोले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्