नेभिगेशन
नेपाल प्रहरी

उढरापुरबाट ३५ ग्राम बढी ब्राउन सुगरसहित ३१ वर्षीय मुजमिल पक्राउ

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित उढरापुर क्षेत्रमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धनौली, बाँके र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा बाटोमा उभिरहेका खजुरा गाउँपालिका–५ का ३१ वर्षीय मुजमिल खाँलाई ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीले खानतलासी गर्दा उनको साथबाट शुद्ध तौल ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर  बरामद गरेपछि नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ।

पक्राउ परेका खाँविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाँकेबाट ८ दिनको म्याद थप अनुमति लिई घटनाबारे धनौली प्रहरीले थप अनुसन्धान गरिरहेको बाँके  प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्