नेभिगेशन
नेपाल प्रहरी

चक्कु प्रहारबाट एक युवकको हत्या, ३ जना पक्राउ

काठमाडौं । चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। प्रहरीले हत्या आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–१ अन्तर्गत नगरकोट क्षेत्रमा गएराति सामान्य विवादले उग्र रूप लिँदा एक युवकको मृत्यु भएको  हो। झगडाका क्रममा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २८ वर्षीय आकाश रसाइलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका रसाइली हाल नगरकोट मोड क्षेत्रमा बस्दै आएका थिए। उनीमाथि राति करिब १० बजेतिर चक्कु प्रहार भएको र तत्काल उपचारका लागि केएमसी अस्पताल, सिनामंगल लगिएको थियो। उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्