नेभिगेशन
नेपाल प्रहरी

११ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा ३८ वर्षीय भीम पक्राउ

काठमाडौं । ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–४ स्थायी घर भई हाल भक्तपुरको गठ्ठाघर बस्दै आएका ३८ वर्षीय भीमबहादुर राईलाई बालिकालाई जबरजस्ती करणी गरेको पक्राउ गरेको जनाएको छ।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले राईलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका राईमाथि सम्बन्धित कसुरमा अनुसन्धान अघि बढाइएको र हाल हिरासतमा राखेर थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्