नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट साढे २२ लाख रुपैयाँ बढीको अवैध मोबाइल फोन प्रहरीको नियन्त्रणमा

बर्दिया।  बर्दियाबाट अवैध रुपले ल्याइएका साढे २२ लाख रुपैयाँ बढीको मोबाइल प्रहरीले बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले २२ लाख ६७ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध मोबाइल फोन बरामद गरेको हो।

गए  राति साढे ११  बजे गस्तीका क्रममा बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा चोकमा, भारत–नेपाल सीमा क्षेत्र नजिक केही अपरिचित व्यक्तिहरूले साइकलमार्फत ६ वटा बोरा ल्याउँदै गरेको देखिएको थियो। प्रहरी टोलीलाई देख्नासाथ ती व्यक्तिहरू बोरा तथा सामान त्यहीँ छाडेर फरार भएका थिए।

प्रहरीले छाडिएका बोराहरू जाँच गर्दा लावा ९ीब्ख्ब्० ब्रान्डका किप्याड मोबाइल फोन फेला पारेको थियो। बरामद मोबाइलमध्ये ‘ए–३ टर्च किप्याड मोबाइल ५४० थान र  ५४० थान र ‘ए–७ टर्च’  मोडेलका ४३२ थान गरी जम्मा ९७२ थान मोबाइल फोन रहेका छन्।

बरामद मोबाइल फोनहरूको अनुमानित बजार मूल्य २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त अवैध मोबाइल फोनहरू आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया, बर्दियामा बुझाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्