नेभिगेशन
नेपाल प्रहरी

दाउराको चिर्पट प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

दाङ । गुल्मीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यम बहादुर कुमाललाई ३७ वर्षीया श्रीमती मुना कुमालको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार यम बहादुरले मादक पदार्थ सेवन गरी दाउराको चिर्पटले प्रहार गर्दा मुना गम्भीर घाइते भएकी थिइन्। घटनाबारे सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

गम्भीर घाइते मुना कुमाललाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्