नेभिगेशन
नेपाल प्रहरी

११ फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा, ४ लाख ७० हजार बढी जरिवाना असुलउपर

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

बाँके प्रहरीले फैसला कार्यान्वयन अभियानलाई प्रभावकारी बनाउने क्रममा असार १६ गतेदेखिको ७ दिनमा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।

पक्राउ परेका  फरार प्रतिवादीबाट रु. ४ लाख ७० हजार ८१७ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई अदालतको फैसला अनुसार कुल ६ वर्ष ६ महिना १८ दिन कैद सजाय तोकिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तर सञ्चालन गर्दै अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्