नेभिगेशन
नेपाल प्रहरी

देवरको खुकुरी प्रहारबाट भाउजूको हत्या, ठूलोबुबा घाइते

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–६, झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीमाथि उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) पनि घाइते भएका छन्। उनको दाहिने काँधमा गहिरो चोट लागेको छ। हाल उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैंचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्