नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणी घटनामा ४ भारतीयसहित ५ जना पक्राउ

काठमाडौं ।  होटलमा भएको जबरजस्ती करणी उद्योग घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार,  रौतहटको गौर नगरपालिका–२ स्थित एक होटेलमा भएको जबरजस्ती करणी घटनामा पीडितको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–२ का २५ वर्षीय सन्तोष राउत रहेका छन्। साथै भारतको बिहार राज्य, मजफरपुर जिल्लाका चार जना पनि पक्राउ परेका छन्। उनीहरूमा कल्याणी पंचायत–२४ निवासी ३३ वर्षीय मो. ताजुदिन, मैरोवन पंचायत–२ का ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पंचायत–१ का ३८ वर्षीय हसनैन आलम तथा क्रममा पंचायत–४ का ३४ वर्षीय आलोक कुमार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्