नेभिगेशन
नेपाल प्रहरी

बर्दिया र दाङबाट ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

काठमाडौं । बर्दिया र दाङमा प्रहरीले ब्राउन सुगर तथा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट प्रहरीले ८ सय ८० मिलिग्राम ब्राउन सुगर र नगद ५ हजार ७ सय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का १९ वर्षीय निशान हमाल र मधुवन नगरपालिका–८ की २९ वर्षीया करूणा खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

यस्तै, दाङको गढवा गाउँपालिका–७ का ३१ वर्षीय राजेन्द्र चौधरीलाई करिब १३ किलो ३ सय ५० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले उनको घरमा तलासी गर्दा उक्त गाँजा बरामद गरेपछि उनलाई पक्राउ गरेको हो।

प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्