नेभिगेशन
नेपाल प्रहरी

२० वर्ष कैद भुक्तान गर्दा जेलबाट भागेका कैदी १० महिनापछि प्रहरीको नियन्त्रणमा

काठमाडौं । २० वर्ष कैद सजाय पाएर कैद भुक्तान गरिरहेको अवस्थामा कारागारबाट भागेका कैदीलाई प्रहरीले १० महिनापछि पक्राउ गर्न सफल भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार लागुऔषध मुद्दामा दोषी ठहर भई नख्खु कारागारमा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका मकवानपुरको बकैया गाउँपालिका- ६, ज्यामिरे बस्ने ३९ वर्षीय सुकलाल वाइवा जेन्जी आन्दोलनका क्रममा भागेका थिए।

लामो समयपछिको खोजपछि प्रहरीले सुकलाललाई असार २३ गते बकैयाको जुरेली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुकलाललाई आवश्यक कानुनी कारबाहीको लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्