नेभिगेशन
नेपाल प्रहरी

६ वर्ष कैद सजाय तोकिएका डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद सजाय पाएर लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई  प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले ६ वर्ष कैद र ७२ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका भूप नारायण साह (नारायण साह तेली) लाई पक्राउ गरेको हो।

खडक नगरपालिका–५ का साहलाई खोजतलासका क्रममा पक्राउ गरी सप्तरी जिल्ला अदालत, राजविराजमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

अदालतको आदेशपछि उनलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्