नेभिगेशन
नेपाल प्रहरी

३८ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा २९ वर्षीय युवक पक्राउ

लुम्बिनी । प्रहरीले  ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

कपिलवस्तु प्रहरीले जबरजस्ती करणीको आरोपमा प्युठानको प्युठान  नगरपालिका-९ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका-५ हाटबजार बस्ने २९ वर्षीय सुरेन्द्र खड्कालाई पक्राउ गरेको जानकारी दिएको छ।

कपिलवस्तु प्रहरीका अनुसार सुरेन्द्रलाई आज  नियन्त्रणमा लिइएको हो। खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ।

महिलाको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले सुरेन्द्रलाई पक्राउ गरेको हो। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्