नेभिगेशन
नेपाल प्रहरी

होटेलमा लगेर १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी: २० वर्षीय राजेश पक्राउ

कैलाली । कैलाली प्रहरीले १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक युवकलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–१ निवासी २० वर्षीय राजेश धामी रहेका छन्।

प्रहरीका अनुसार असार २४ गते धामीले किशोरीलाई घरबाट अत्तरिया बोलाई त्यहाँको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा धामीलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्