नेभिगेशन
नेपाल प्रहरी

अछाम घुम्न आएकी कालिकोटकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, जय प्रकाश पक्राउ

काठमाडौं । कालिकोटबाट अछाम घुम्न आएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ का २७ वर्षीय जय प्रकाश स्वर्णकारलाई पक्राउ गरिएको हो।

कालिकोटबाट अछाम घुम्न आएका बेला मंगलबार ती १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी भएको खबर प्राप्त हुनासाथ अछाम प्रहरीले जय प्रकाशलाई केहि घण्टाभित्रै पक्राउ गर्न सफल भएको जनाएको छ।

अछाम प्रहरीले पक्राउ परेका युवक जय प्रकाशसँग थप अनुसन्धान अगाडि बढाउदै आज अदालतबाट म्याद थप गर्ने जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्