नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट ब्राउन सुगरसहित तोताराम लागू औषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

बाँके । बाँकेको नेपालगन्ज बजार क्षेत्र नजिकबाट लागूऔषधनियन्त्रण ब्यूरोको टोलीले ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार विशेष सूचनाका आधारमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले नेपालगन्ज-१० ट्राफिक चोकबाट ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित नेपालगन्ज (१५ का ५७ वर्षीय तोताराम कहारलाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ परेका तोतारामलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ परेका तोतारामविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्