नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा २२ फरार प्रतिवादी पक्राउ, ११ लाखभन्दा बढी जरिवाना असुल

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै पछिल्लो पाँच दिनमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

बाँके प्रहरी कार्यालयका अनुसार  असार २७ गतेदेखि असार ३१  गतेसम्म विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २२ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको हो।

प्रहरीले पक्राउ परेका प्रतिवादीहरूबाट रु. ११ लाख २५ हजार ३९२ जरिवाना असुल गरेको जनाएको छ। साथै उनीहरूले १ वर्ष ११ महिना २१ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अभियानलाई निरन्तरता दिँदै  फरार प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई अझ सशक्त बनाइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्