नेभिगेशन
नेपाल प्रहरी

खैरो हेरोइन र सर्टगनको ३ राउण्ड गोलीसहित एक युवक पक्राउ

काठमाडौं ।  खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको गणेशमान चारनाथ नगरपालिका–३, श्रीरामपुरबाट प्रहरीले स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको सर्टगनका तीन राउण्ड गोली बरामद गरेको थियो।

खानतलासीका क्रममा मुकेशले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ११० मिलिग्राम खैरो हेरोइन समेत फेला परेको प्रहरीले जनाएको छ।

बरामद भएको लागुऔषध र गोलीसहित मुकेशलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्