नेभिगेशन
नेपाल प्रहरी

३०० ग्राम बढी ब्राउन सुगर सहित भारतीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले एकैपटक ३०४ ग्राम ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, उल्टीमोडमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको हो।

दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका भारत बिहार राज्यको अररिया जिल्ला पतरा पञ्चायत वडा नं. ६ बस्ने १९ वर्षीय इस्मत उल्हालाई शंका लागी खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ३०४.११ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित नियन्त्रणमा लिइएका उल्हालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्