नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट लाखौं रुपैयाँको मोबाइल डिस्प्ले बरामद

बाँके । नेपालगन्जमा भन्सार छली गरी ल्याइएको करिब ३ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल डिस्प्ले बरामद गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित क्षेत्रबाट भन्सार छली तथा तस्करी गरी ल्याइएको मोबाइलको डिस्प्ले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको  छ।

बरामद सामग्रीको अन्दाजी मूल्य ३ लाख १ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज, बाँकेमा बुझाइएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्