नेभिगेशन
नेपाल प्रहरी

बाँकेबाट एक सातामा विभिन्न मुद्दाका २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत बाँके प्रहरीको टोलीले साउन २३ गतेदेखि २९ गतेसम्म विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

बाँके प्रहरीका अनुसार पक्राउ परेका २२ जनाबाट कुल रु. १ लाख ६७ हजार २०० जरिवाना असुल गरिएको छ। उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई अदालतले कुल ४ वर्ष १ महिना १५ दिन कैद सजाय तोकेको विवरण जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको छ।

प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। फैसला कार्यान्वयनमा सक्रियता बढेसँगै फरार प्रतिवादी पक्राउ पर्ने क्रम पनि बढेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्