नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

कोहलपुर । बाँकेमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ पितमारीका २१ वर्षीय लालबहादुर राना क्षेत्री रहेका छन्।  बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले राना क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ। उनलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्