नेभिगेशन
नेपाल प्रहरी

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न ७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ फापरबारीका २० वर्षीय निशान रूम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदिप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देव कुमार श्रेष्ठ रहेका छन्।

काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने झापा घर भएका एक व्यक्तिलाई अपरिचित ५र६ जनाको समूहले अपहरण गरी बन्धक बनाउनुका साथै कुटपिट गरेको र परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पीडितको उद्धारसमेत गरेको छ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंंबाट ६ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्